फोर्ब्सकाे घोषणा : एलन मस्क मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – न्युजिल्यान्डसँगको पहिलो टी–२० क्रिकेट श्रीलङ्काले जितेको छ । अकल्यान्डमा श्रीलङ्काले न्युजिल्यान्डलाई 'सुपर ओभर' मा हराएको हो । सुपर ओभरमा न्युजिल्यान्डले दिएको ९ रनको लक्ष्य श्रीलङ्काले ३ बलमै पूरा गर्याे ।
यसअघि श्रीलङ्काले दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ९६ रन बनायो । अन्तिम ओभरमा जितका लागि १३ रन चाहिएकोमा न्युजिल्यान्डले १२ रन बनायो । उसका लागि ड्यारेल मिचेलले सर्वाधिक ६६ रन बनाए । श्रीलङ्काका वानिन्दु हसरङ्गा, प्रमोद मदुशान र दासुन सनाकाले २/२ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको श्रीलङ्काले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९६ रन बनायाे । उसका लागि कुशल परेराले नटआउट ५३ र चारिथ असलङ्काले ६७ रन बनाए । न्युजिल्यान्डका जेम्स नीशमले २ विकेट लिए ।
यी दुई देशबीच ३ खेलको टी–२० शृङ्खला भइरहेको हो । यसअघि भएको एकदिवसीय र टेस्ट शृङ्खला घरेलु टोली न्युजिल्यान्डले जितेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।