आईपीएल क्रिकेटमा बेङ्लाेरले मुम्बई इन्डियन्सलाई ८ विकेटले हरायो

 चैत २०, २०७९ सोमबार ६:३२:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा बेङ्लाेरले मुम्बई इन्डियन्सलाई ८ विकेटले हराएको छ ।

गएराति भएको खेलमा जितको लागि १ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको बेङ्लाेरले १६ ओभर २ बलमा २ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । बेङ्लाेरको जितमा विराट कोहलीले सर्वाधिक ८२ रन बनाए ।

यस्तै, फाफ डु प्लेसिसले ७३ र ग्लेन म्याक्स वेलले १२ रन जोडे । मुम्बईका अर्शद खान र क्यामरोन ग्रीनले एक/एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७१ रन बनाएको थियो ।

मुम्बईका लागि तिलक बर्माले ८४ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । यस्तै, मुम्बईका नेहाल वाधेराले २१ रन बनाए भने अर्शद खान र सूर्यकुमार यादवले १५ तथा ईशान किसनले १० रन बनाए ।

बेङ्लाेरका लागि कर्ण शर्माले २ विकेट लिए भने मोहम्मद शिराज, रिस टोप्ली, आकाश दीप, हर्षल पटेल र माइकल ब्रेसवेलले एक/एक विकेट लिए । यसअघि हिजो भएको पहिलो खेलमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादलाई ७२ रनले हराएको थियो ।

आईपीएल क्रिकेटमा आज चेन्नई सुपर किङ्ग्स र लखनउ सुपर जायन्टस् खेल्ने छन् । खेल बेलुका पौने ८ बजे चेन्नईमा हुनेछ । 

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया