काठमाण्डौमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको ज्यान गयो

 चैत २०, २०७९ सोमबार ८:४८:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डौमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको ज्यान गएको छ।

गएराति साढे ११ बजे काठमाण्डौको जडीबुटीमा बाग्मती प्रदेश ०२ ०२२ प २६८४ नम्बरको मोटरसाइकल  दुर्घटना हुँदा चालक सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-४ का ३५ वर्षका हरिशरण अधिकारीको ज्यान गएको प्रहरीले जनाएको छ ।  उहाँको उपचारका क्रममा  मेडिकल कलेज सिनामङ्गलमा ज्यान गएको हो।

यस्तै, काठमाण्डौको वसुन्धारामा बा १९ च ३३०८ नम्बरको भ्यानले बाग्मती प्रदेश ०२ ०४१ प २१०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलका चालक सुर्खेत भेरीगंगा नगरपालिका-१० का २७ वर्षका उपेन्द्र बुढाको ज्यान गएको छ।

उहाँको गएराति ९ बजे ज्यान गएको प्रहरीले जनाएको छ। 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया