'ए' डिभिजन लिग : छैटौँ चरणका खेल आजदेखि, एपीएफ र पुलिस तथा सङ्कटा र खुमलटार खेल्दै

 चैत २०, २०७९ सोमबार ९:४५:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलको छैटौँ चरणका खेलहरु आजदेखि सुरु हुँदैछन् ।  सोमवार दुई खेलहरु हुनेछन् । जसमा एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा हुने भएको छ।

च्यासल मैदानमा दुई विभागीय टोली एपीएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ। खेल दिउँसो २ बजे हुनेछ । एपीएफ आज तेस्रो जितको खोजीमा हुनेछ । एपीएफ ७ अङ्क जोडेर छैटौँ स्थानमा रहेको छ । पुलिस लिगमा पहिलो जितको खोजीमा हुनेछ ।

पाँचौँ चरणसम्म जितविहीन पुलिस पहिलो ३ अङ्क जाेड्ने योजनामा रहेको छ । पुलिस १ अङ्क जोडेर पुछारमा रहेको छ ।

यस्तै, एन्फा कम्प्लेक्समा सङ्कटा क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । सङ्कटा र खुमलटारबीचको खेल दिउँसो २ बजेदेखि सुरु हुनेछ ।

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया