अमेरिका र यूएई विश्व कप क्वालिफायरमा

 चैत २२, २०७९ बुधबार १२:५:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अमेरिका र यूएई आईसीसी विश्व कप क्वालिफायरका लागि छनाेट भएका छन् । विश्व कप क्वालिफायर छनाेटमा शीर्ष २ मा रहँदै अमेरिका र यूएईले आउँदाे जुन–जुलाईमा जिम्बावेमा हुने विश्व कप क्वालिफायर खेल्ने भएका हुन् । 

नामिबियामा भइरहेकाे प्रतियाेगिताकाे अन्तिम २ खेलअघि नै शीर्ष २ टाेलीकाे टुङ्गाे लागेकाे हाे । प्रतियोगितामा अमेरिका, यूएई, पपुवा न्युगिनी, जर्सी, क्यानडा र नामिबिया छन् ।

अमेरिका ५ खेलमा ८ अङ्कका तालिकाकाे शीर्ष स्थानमा छ । यूएई ४ खेलमा ६ अङ्कसहित तेस्रो स्थानमा छ । यूएईले आज जर्सीसँग खेल्दैछ । यूएई याे खेलमा हारे पनि तालिकाकाे दाेस्राे स्थानमा रहेकाे नामिबियासँग समान ६/६ अङ्क हुनेछ । 'हेड टु हेड' मा यूएई अघि हुँदा उसले विश्व कप क्वालिफायरमा छनाेट भएकाे हाे । यूएईले ४ वर्षका लागि एकदिवसीय मान्यता पनि प्राप्त गरेकाे छ ।

विश्व कप क्वालिफायरमा लिग–२ का शीर्ष ३ टोली नेपाल, ओमान र स्कटल्यान्डसँगै सुपर लिगका पुछारका ५ र प्लेअफका शीर्ष २ गरी १० टोली हुनेछन् । सुपर लिगबाट नेदरल्यान्ड्स, श्रीलङ्का, वेस्टइन्डिज र जिम्बावेले विश्व कप क्वालिफायर खेल्ने पक्का भएको छ । आयरल्यान्ड र दक्षिण अफ्रिकामध्ये एक टोलीले विश्व कप क्वालिफायर खेल्नुपर्ने हुन्छ ।

विश्व कप क्वालिफायरमा १० टोलीलाई २ वटा समूहमा विभाजन गरिनेछ । सुपर ६ हुँदै शीर्ष दुई टोलीले आउँदाे अक्टोबर–नोभेम्बरमा भारतमा हुने विश्व कप खेल्न पाउनेछन् । आयाेजक भारतसहित (सुपर लिगका शीर्ष ८ टिम) न्युजिल्यान्ड, इङ्ग्ल्यान्ड, बङ्गलादेश, पाकिस्तान, अस्ट्रेलिया र अफगानिस्तान एकदिवसीय विश्व कपमा छनोट भइसकेका छन् ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया