प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुलको जीत, आर्सनल र एस्टनभिल्ल...
माघ ६, २०८१ आइतबार
काठमाण्डाै – सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नागरिकता विधेयकमा सहमतिको प्रयास भइरहेको बताउनुभएको छ ।
शुक्रवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री शर्माले नागरिकता विधेयकमा राजनीतिक दलहरूका बीचमा सहमतिको प्रयास भइरहेको बताउनुभएको हो । उहाँले नागरिकता विधेयक छिटोभन्दा छिटो ल्याउन सरकारको प्राथमिकतामा परे पनि सहमति खोज्ने प्रयास हुँदा समय लागेको बताउनुभयो । विगतका समस्या नदोहोर्याउन सहमतिका लागि प्रयास गरिएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘छ महिनाभित्रमा नागरिकता ऐन ल्याउने भन्ने कुरा पहिले पनि भएको हो । अहिले पनि त्यो उल्लेख भएकै विषय छ । नागरिकता ऐन छ महिनाभित्र भन्नाले छ महिना कुराउनुपर्छ भन्ने कुरा होइन । छिटो भन्दा छिटो ल्याउने कुरा नै हो । त्यस कारण सरकारको प्राथमिकतामा छ । सहमति खोज्नुपर्दा केही समय लागेको हो ।’
मन्त्री शर्माले न्यूनतम साझा कार्यक्रमलाई कार्यान्वयन गर्नका लागि सरकारले आफ्ना सबै निकायहरूलाई सक्रिय पार्ने पनि बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।