एकल महिलाका सन्तानलाई मावलीको थरबाट नागरिकता दिनु संविधानको मर्म विपरीत : सांसद भट्टराई

 चैत २४, २०७९ शुक्रबार १८:५३:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेकी सांसद विद्या भट्टराईले एकल महिलाका सन्तानलाई मावलीको थरबाट नागरिकता दिने कुरा संविधानको मर्म विपरीत भएको बताउनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद भट्टराईले आमाको नामबाट नागरिकता पाउने कुरा संविधानले नै स्वीकार गरेको अवस्थामा एकल महिलाको सन्तानलाई मावलीको थरबाट नागरिकता दिनु संविधान विपरीत भएको बताउनुभएको हो । उहाँले मावलीको थरबाट सन्तानलाई नागरिकता दिने कुराले आमाको अस्तित्वलाई अस्वीकार गरेको पुष्टि हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘एकल महिलाको अस्तित्वको कुरा, पहिचानको कुरा छ । संविधानले नै हामीलाई आमाको नामबाट वा बाबुको नामबाट नागरिकता पाउने कुरालाई स्वीकार गरेको छ । तर अहिले कानुन र संविधानभन्दा विपरीत ढङ्गले मावली भनेर जुन शब्द राखियो, त्यो शब्दले आमा भन्ने कुरालाई नै अस्तित्वलाई मानेन भन्ने मेरो कुरा हो । महिलाको अस्तित्वसहितको हकलाई कसरी हामीले संरक्षण गर्ने ? महिलाको हकलाई हामीले कसरी स्थापित गर्दै लैजाने भन्ने त हिजो संविधान सभाको प्रमुख विषय थियो । संविधान र कानुनले स्थापित गरेको विषयलाई परिपत्रले खण्डन गरेजस्तो लाग्यो । मावली भन्ने बित्तिकै मामाघर भन्ने हुन्छ । मामाघर पितृत्वसँग जोडियो । संविधानले पितृत्व र मातृत्व एउटै हो भन्ने व्याख्या गरेको छ । त्यो कुरालाई यसले खण्डन गर्‍याे । यो गलत छ ।’

सांसद भट्टराईले गृह मन्त्रालयले संहिता र संविधानमा उल्लेख भएअनुसार आमाको नाम, थरमा नागरिकता दिने गरी पुनः परिपत्र गर्नुपर्ने धारणा राख्नुभयो ।

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया