आजदेखि सिंहदरबारको फोहर नउठाउने काठमाण्डौ महानगरका मेयर शाहको घोषणा

 चैत २५, २०७९ शनिबार ९:२९:२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले देशकै मुख्य प्रशासनिक केन्द्र मानिने सिंहदरबार परिसरको फोहर नउठाउने बताउनुभएको छ । आज बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मेयर शाहले आजदेखि सिंहदरबारको फोहर नउठाउने बताउनुभएको हो ।

मेयर शाहले लेख्नुभएको छ,‘आजदेखि सिंहदरबारको फोहर उठ्दैन । साँच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरुलाई सिसडाेलमा डम्प गर्नुपर्ने हुन्छ।’

मेयर शाहको स्टाटसपछि एमालेका महासचिव शंकर पोखरेलले नेपाली समाजलाई चरम अराजकतातिर लैजाने प्रयास भएको सङ्केत गर्नुभएको छ ।

जिम्मेवारीमा बसेपछि जिम्मेवार र जवाफदेही बन्नुपर्नेमा उहाँको जोड छ ।

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया