उपचुनाव : चितवन क्षेत्र नम्बर २ का २९ स्थल अति संवेदनशील

 चैत २६, २०७९ आइतबार ११:३२:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै - आउँदो वैशाख १० गते हुने उपचुनावमा चितवन निर्वाचन क्षेत्र नं २ का ४३ मध्ये २९ स्थललाई अतिसंवेदनशीलको सूचीमा राखिएको छ ।

निर्वाचन स्थललाई दुई भागमा वर्गीकरण गर्दै बाँकी १४ स्थललाई भने संवेदनशील स्थलको सूचीमा राखिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।

उपचुनावमा सबै मतदान स्थललाई सुरक्षाका दृष्टिले बराबरी महत्त्वका साथ लिइएको उहाँको भनाइ छ । सबै राजनीतिक दलको ध्यान उपचुनावमा हुने भएकाले सबै स्थलमा सुरक्षा व्यवस्था कडा बनाउने तयारी रहेको उहाँले बताउनुभयो । सबै मतदानस्थलमा वैशाख ७ गतेभित्र नै सुरक्षाकर्मी पुगिसक्ने उहाँले बताउनुभयो ।

चितवन क्षेत्र नम्बर २ मा  १ लाख २४ हजार ६ सय ९५ जना मतदाता छन् । उनीहरुले ४३ स्थलका १ सय ३८ केन्द्रबाट मतदान गर्ने छन् । गएको मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य चुनावमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकता विवादका कारण सांसद पदबाट मुक्त भएकाले यो क्षेत्रमा उपचुनाव हुन लागेको हो ।

चितवन क्षेत्र नम्बर २ मा हुने उपचुनावका लागि लामिछानेसहित २२ जनाको उम्मेदवारी परेको छ ।

यस्तै, १० गते बारा २ र तनहुँ १ मा पनि उपचुनाव हुँदैछ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया