अब एमालेलाई वा पूर्वराजालाई दाेष दिएर सरकार उम्कन मिल्दैन : गगन थापा

 चैत २८, २०७९ मंगलबार १५:२९:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले परिणाममुखी काम गर्न सरकारलाई सुझाव दिनुभएको छ । सङ्घ, प्रदेश र पालिका पाँच वर्ष चलाउने जिम्मा लिएको कांग्रेससहितको सरकारले अब अरू कसैलाई दोष दिएर उम्कने ठाउँ नभएको पनि उहाँले बताउनुभयाे ।

मङ्गलवार काठमाण्डाैमा आयोजित नेपाल शिक्षक सङ्घको नवौँ सङ्घीय महाधिवेशनमा बोल्दै महामन्त्री थापाले एमालेलाई दोष दिएर वा पूर्वराजालाई दोष लिएर सरकार उम्कन नमिल्ने तर्क गर्नुभयो । उहाँले पाँच वर्षपछि नेपाली कांग्रेसले नागरिककाे माझमा जाँदा यो–यो काम गरेँ भनेर जान सक्ने अवस्था बनाउनुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘पाँच वर्षको अवधि छ । मैले भनिरहेको छु– म नेपाली कांग्रेसको एउटा कार्यकर्ता हुँ । सङ्घमा कांग्रेसकाे सरकार, प्रदेशमा कांग्रेसको सरकार, चार सयभन्दा बढी ठाउँमा गठबन्धन सरकार छ । अब कसैलाई दोष दिएर उम्किन पाइँदैन । अब भूतप्रेतलाई भनेर पनि पाइन्न । भूतपूर्व राजालाई भनेर पनि पाइन्न । अब नेकपा एमालेले गरेन, अरूले गरेन भन्न पनि पाइन्न । गर्ने जिम्मा लिएर आएपछि अब हामीले गर्नुपर्छ । परिणाम दिनुपर्छ, रिजल्ट चाहिन्छ ।’

महामन्त्री थापाले शिक्षकहरूको तलब, भत्ता बढाउन पनि सरकारसँग माग गर्नुभयो । शिक्षकहरूलाई खुसी नबनाई देशको शैक्षिक क्षेत्रको विकास नहुने भएकाले सरकारले उनीहरूको आवश्यकता पूर्ति हुने गरी सेवा सुविधा उपलब्ध गराउन ढिलाइ गर्न नहुने उहाँको भनाइ थियो ।

थापाले सङ्घीय शिक्षा ऐन चार महिनाभित्र संसदबाट पारित गर्नुपर्ने भन्दै त्यसका लागि आवश्यक सुझाव दिन पनि शिक्षकहरूलाई आग्रह गर्नुभयो ।

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया