माओवादी संसदीय दलको विधान संशोधन गर्न ५ सदस्यीय कार्यदल गठन

 चैत २८, २०७९ मंगलबार १९:५४:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) ले संसदीय दलको विधान संशोधनका लागि कार्यदल बनाएको छ । माओवादी संसदीय दलका नेता एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा आज मङ्गलवार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले विधान संशोधनका लागि पाँच सदस्यीय कार्यदल बनाएकाे हो । 

माओवादी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेको संयोजकत्वमा कार्यदल गठन भएको सांसद राजन दाहालले जानकारी दिनुभयो । कार्यदलमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद सदस्य छन् । कार्यदलको सदस्यमा प्रतिनिधि सभाबाट पूर्ण घर्तीमगर र विमला सुवेदी तथा राष्ट्रिय सभाबाट जगप्रसाद शर्मा र गङ्गा बेलबासे हुनुहुन्छ । 

कार्यदलले विधान संशोधनका विषयमा प्रतिवेदन प्रस्तुत गर्ने र त्यही प्रतिवेदनका आधारमा विधानलाई अन्तिम रूप दिइने सांसद दाहालले बताउनुभयो । आफ्नो रुचिअनुसारको संसदीय समिति छनोट गर्ने विषयमा पनि बैठकमा छलफल भएको थियो । 

बैठकमा प्रधानमन्त्री प्रचण्डले सरकार सञ्चालन, सरकारको गतिविधिका सम्बन्धमा जानकारी गराउनुभएको थियो । अनुशासित र मर्यादित ढङ्गबाट संसदमा प्रस्तुत हुने विषयमा अध्यक्ष एवम् प्रधानमन्त्रीले निर्देशित गर्नुभएको उहाँले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया