इरानलाई हराउँदै नेपालको पुरुष टोली पनि खो–खो विश्वकपको फाइ...
माघ ५, २०८१ शनिबार
ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बालबालिकालाई पहिलोको पछाडि दौडाउन नहुने बताउनुभएको छ ।
बुधवार ललितपुरको शान्ति विद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले बालबालिकालाई पहिलोको पछाडि दाैडाएर चिन्ता थुपार्न नहुने बताउनुभएको हो । उहाँले बालबालिकालाई सानै कक्षामा पहिलो हुनुपर्छ भनेर दबाब दिई चिन्ता दिँदा उनीहरूकाे मनस्थितिमा नकारात्मक प्रभाव पार्ने बताउनुभयो । बालबालिकालाई जीवन रमाइलो छ र जीवनमा अझै धेरै कुरा सिक्न बाँकी छ भन्ने कुरा सिकाउन जरुरी रहेको उहाँकाे भनाइ थियाे ।
उहाँले भन्नुभयो, ‘मलाई त तनाव छ छ, यसो बच्चालाई हेर्छु, मेरो ६ कक्षामा, ४ कक्षामा पढ्ने बच्चालाई तनाव छ, होमवर्क नसकेको तनाव, कहिले के तनाव ? अब त्यो ४ कक्षाको बच्चालाई त जीवन भनेको रमाइलो हुन्छ, लाइफमा योभन्दा पछि नयाँ कुरा सिक्नुपर्छ भन्ने हुन्छ । दौडिने कुरा सिकाउनुपर्छ तर दौडिँदै गर्दा लड्यो भने थचक्क बस्नु हुँदैन, फेरि उठ्नुपर्छ भनेर सिकाउनुपर्छ । सधैँ दौडेर फर्स्ट हुनुपर्छ भनेर सिकाउनु भएन । पहिलोको पछाडि दौडिन सिकाउनु हुँदैन । कहिलेकाहीँ सेकेन्ड भएँ भनेर पनि चिन्ता हुन्छ, पहिलो हुन नसिकाउने भन्ने होइन तर त्यसकै पछि दौडाउनु हुँदैन । पहिलोको आशक्त बनाउनुभएन । काम गर्ने हो, नतिजा नियन्त्रणमा छैन भन्ने हो ।’
महामन्त्री थापाले विद्यार्थीले आफूले सकेको अध्ययन गर्नमा ध्यान दिनुपर्ने पनि बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।