काेशी प्रदेश नामकरणकाे विराेधमा आन्दाेलन गरिरहेकाे समूहद्वारा प्रदेशका मन्त्रीकाे घरमा ताेडफाेड

 चैत २९, २०७९ बुधबार १७:४२:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रदेश १ को नाम कोशी राखेको विरोधमा आन्दोलन गरिरहेको समूहले प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीको घरमा तोडफोड गरेको छ ।

आन्दोलनरत समूहले आज बिहान राजभण्डारीको काठमाण्डाैमा रहेको घरभित्र पसेर तोडफोड गर्नुको साथै घरको कम्पाउन्डमा कालो झन्डा राखेका नेकपा एमाले सोलुखुम्बुका अध्यक्ष डुफकुमार बास्तोलाले जानकारी दिनुभयो ।

राजभण्डारी एमालेबाट सोलुखुम्बु प्रदेश सभा (ख) मा विजयी हुनुभएको हो । अध्यक्ष बास्तोलाले विज्ञप्ति निकालेर जनप्रतिनिधिमाथि भौतिक आक्रमण भएको भन्दै निन्दा गर्दै कारबाहीको माग गर्नुभएको छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • जीवन खेवन

    April 12, 2023, 8:12 p.m.

    घरमा धन्न साधारण तोडफोड गरेछन मन्त्रीलाई भेटेको भए उसैको तोडफोड हुने थियोे।

  •  0 Reply

तपाईको प्रतिक्रिया