मनाङलाई हराउँदै सातदाेबाटाे ए डिभिजन लिगकाे शीर्ष स्थानमा उक्लियाे

 चैत २९, २०७९ बुधबार २०:११:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एन्फा

काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिग फुटबलमा सातदाेबाटाे युथ क्लब शीर्ष स्थानमा उक्लिएकाे छ । मनाङ मर्स्याङ्दी क्लबलाई हराउँदै सातदाेबाटाे शीर्ष स्थानमा उक्लिएकाे छ । 

आज बुधवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा सातदाेबाटाेले मनाङलाई १–० गाेलले हरायाे । सातदोबाटोका लागि दीपकराज सिंह ठकुरीले गाेल गरे । 

याे जितसँगै शीर्ष स्थानमा पुगेकाे मनाङकाे ८ खेलमा १६ अङ्क भएकाे छ । मनाङ उति नै खेलमा १५ अङ्कसहित तालिकाकाे दाेस्राे स्थानमा छ । 

यस्तै आजै भएका खेलमा सङ्कटा क्लब र हिमालयन शेर्पा क्लब विजयी भएका छन् । सङ्कटाले न्युराेड टिम (एनआरटी) र हिमालयनले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई हरायाे ।

अन्तिम अपडेट: असार ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया