इरानलाई हराउँदै नेपालको पुरुष टोली पनि खो–खो विश्वकपको फाइ...
माघ ५, २०८१ शनिबार
काठमाण्डाै – उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले काठमाण्डाै महानगरपालिकाले सिंहदरबार, शीतल निवास र बालुवाटारको फोहोर उठाउँदिनँ भन्न नमिल्ने दाेहाेर्याउनुभएकाे छ ।
श्रद्धेय धम्मवती गुरुमाँ विशेष सामूहिक धम्मपूजा आयोजक समितिले शुक्रवार काठमाण्डाैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले यस्ताे बताउनुभएकाे हाे । कुनै एउटा सन्दर्भलाई लिएर काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहले भनेको प्रसङ्गलाई उद्धृत गर्दै उहाँले त्यसो भन्न मिल्छ कि मिल्दैन ? भनेर सोचिदिन पनि आग्रह गर्नुभयो । यसअघि गएकाे साेमवार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले काठमाण्डाैका मेयरले सिंहदरबारको फोहोर उठाउँदिनँ भन्न मिल्छ ? भनेर प्रश्न गर्नुभएकाे थियाे ।
उहाँले भन्नुभयो, ‘काठमाण्डाै महानगरपालिकाले कुनै एउटा सन्दर्भलाई लिएर सिंहदरबारको फोहोर नउठाउने, राष्ट्रपति कार्यालयको फोहोर उठाउँदिनँ, बालुवाटारको फोहोर उठाउँदिनँ भन्न मिल्ला नि नमिल्ला ? एकचोटि यसो छातीमा हात राखेर सोचिदिनु भए धेरै गुण लाग्थ्यो ।’
कार्यक्रममा बाेल्दै उपप्रधानमन्त्री श्रेष्ठले गृह मन्त्रालय र मातहतका सबै सुरक्षा निकायहरूमा योग तथा ध्यान शिविर सञ्चालन गर्ने घोषणा पनि गर्नुभयाे । योग र ध्यानले सही ढङ्गले काम अघि बढाउन मद्दत गर्ने भन्दै उहाँले गृह मन्त्रालय र मातहतका सबै सुरक्षा निकायहरूमा त्यसलाई सञ्चालनमा ल्याउने र नियमित गर्नका लागि पहल गर्ने बताउनुभएको हो । उहाँले यसअघि आफूले भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको रूपमा त्यहाँ पनि योग तथा ध्यान शिविर सञ्चालन गर्न खोजेको तर समय अभावका कारण त्यसलाई लागू गर्न असमर्थ भएको उल्लेख गर्नुभयाे ।
सङ्घीय सरकारले सहयोग नगरेको भन्दै मेयर शाहको निर्देशमा सिंहदरबारको फोहोर उठेको छैन । महानगरपालिकाले फोहोर नउठाएपछि मन्त्रिपरिषद्को बैठकले सिंहदरबारको फोहोर उठाउने जिम्मेवारी महानगरपालिकाकै भएकाले जिम्मेवारीबाट पन्छिन नमिल्ने जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Binaya bahadur shrestha
May 6, 2023, 3:11 p.m.सुरक्षा निकाय लाई सहयोगको लागि हारगुहार गर्दा टेरपुछानी नलगाउनु मिल्छ भने ,त्यो पनि गर्न मिल्छ।
Gopal,Ilam
April 16, 2023, 12:38 p.m.त्यहि सिंहदरवार भित्र भ्रष्टाचारले दुगदुन्ति कुहिएका फाेहाेरहरू भए ठाउंकाे बाहिर पट्टी मानव निर्मित फाेहाेर राखिदिनु सहि नै हाे । जनताकाे कर खानेहरूले,जनताले उत्पादन गरेकाे फाेहाेर सुग्नु नाैलाे कुरा नै हैन ।