प्रिमियर लिग : आर्सनल र वेस्टह्याम तथा नटिङ्घम फरेस्ट र युनाइटेड खेल्दै

 बैशाख ३, २०८० आइतबार ११:२६:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् ।

आज वेस्टह्याम र आर्सनल तथा नटिङ्घम फरेस्ट र म्यानचेस्टर युनाइटेडबीच खेल हुनेछ । आर्सनल र वेस्टह्याम बेलुका पौने ७ बजे तथा नटिङ्घम फरेस्ट र युनाइटेडको खेल राति सवा ९ बजे हुनेछ ।

अङ्कतालिकामा आर्सनल ३० खेलमा ७३ अङ्कका साथ शीर्ष स्थानमा छ । वेस्टह्याम २९ खेलमा ३० अङ्ककासाथ पन्ध्रौँ स्थानमा छ ।

त्यस्तै, युनाइटेड २९ खेलमा ५६ अङ्ककासाथ चौथो र नटिङ्घम फरेस्ट ३० खेलमा २७ अङ्ककासाथ १८औँ स्थानमा रहेको छ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया