प्रिमियर लिग : शीर्ष स्थानको आर्सनल वेस्ट ह्यामसँग बराबरीमा रोकियो

 बैशाख ४, २०८० सोमबार ६:५१:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनललाई वेस्टह्यामले बराबरीमा रोकेको छ । गएराति भएको खेलमा आर्सनलले वेस्ट ह्यामसँग २–२ गोलको बराबरी खेलेको हो ।

आर्सनलले दुई गोलको अग्रता जोगाउन नसक्दा खेल बराबरीमा पुगेको थियो । खेलको सातौँ मिनेटमा गाब्रियल जिससले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए । यस्तै, दशौँ मिनेटमा मार्टिन ओडेगार्डले गोल गरे ।

खेलको ३३औँ मिनेटमा वेस्ट ह्यामका सेद बेन्रहमाले पेनाल्टीमार्फत् गोल गरे भने ५४औँ मिनेटमा जार्रोड बोवेनले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । बराबरीसँगै आर्सनलले ३१ खेलमा ७४ अङ्क जोडेको छ । वेस्ट ह्याम ३१ अङ्क जोडेर १५औँ स्थानमा रहेको छ ।  

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया