महोत्तरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा ३ जनाको ज्यान गयाे

 बैशाख ६, २०८० बुधबार १७:१३:४० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – महोत्तरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेहरूमा मोटरसाइकल चालक सिरहाको कल्याणपुर नगरपालिका–१० का २६ वर्षका अमृत मण्डल, उहाँकी श्रीमती २४ वर्षकी अञ्जु मण्डल र भतिजी छ वर्षकी अंशु मण्डल रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवम् प्रवक्ता दिलिप गिरीले जानकारी दिनुभयो ।

बुधवार दिउँसाे गौशाला सम्सी सडक खण्डको रेल्वे ट्र्याक नजिक बा ३ ख २३९६ नम्बरको बसले मधेस प्रदेश ०१–००४ प ६८१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । दुर्घटनामा घाइते भएका तीनै जनाको उपचारका क्रममा ज्यान गएको डीएसपी गिरीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया