जावलाखेलले पुलिसलाई ६–१ ले हरायाे, मच्छिन्द्र एपीएफसँग पराजित

 वैशाख ६, २०८० बुधबार १८:४६:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले नेपाल पुलिस क्लबलाई फराकिलाे अन्तरले हराएकाे छ । 

आज बुधवार ललितपुरकाे च्यासल मैदानमा भएकाे खेलमा जावलाखेलले पुलिसलाई ६–१ गाेल अन्तरले हरायाे । पहिलाे हाफमा एक गाेल गरेकाे जावलाखेलले दाेस्राे हाफमा पाँच गाेल गर्दै एक खाेल बेहाेर्‍याे । जावलाखेका लागि एनकाेटा मासाेबी र हिसुब थापाले दुई/दुई गर्दा फाेडे फाेफना र अब्दुलाजिज निसाेनबाभले एक/एक गाेल गरे । पुलिसका लागि माेसेस ग्याबाह टाैमले सान्त्वना गाेल गरे ।  

याे जितसँगै जावलाखेल १० खेलमा २० अङ्कसहित तालिकाकाे शीर्ष स्थानमा कायमै रहँदा पुलिस उति नै खेलमा पाँच अङ्कसहित पुछारमा यथावत् छ ।

यस्तै आजै त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएको खेलमा सशस्त्र प्रहरीकाे एपीएफ क्लबले मच्छिन्द्र फुटबल क्लबलाई १–० गोल अन्तरले हराएकाे छ । मच्छिन्द्रका लागि अर्मान्ड बेडोमले गाेल गरे ।

याे जितसँगै एपीएफ १० खेलमा १४ अङ्कसहित तालिकाकाे आठौँ स्थानमा उक्लिँदा मच्छिन्द्र उति नै खेलमा १३ अङ्कसहित नवाैँ स्थानमा छ ।

तस्बिर : एन्फा

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया