फोर्ब्सकाे घोषणा : अमेरिकी खर्बपती एलन मस्क मानव इतिहासकै सबै...
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबले हिमालयन शेर्पा क्लबलाई एक–शून्य गोलले हराएको छ ।
ललितपुरकाे एन्फा कम्प्लेक्समा आज बिहीवार दिउँसो भएको खेलमा थ्री स्टारले आत्मघाती गोलमा जितेको हो । हिमालयनका सञ्जीत राईले खेलको १४ औँ मिनेटमा आत्मघाती गोल गरे । खेलको ४८ औँ मिनेटमा हिमालयन शेर्पाले पेनाल्टीकाे अवसार पाएको थियो तर उसका विश्वास श्रेष्ठले गाेल गर्न सकेनन् ।
प्रतियाेगितामा थ्री स्टारको यो पाँचौँ जित हो । थ्री स्टार १० खेलमा १८ अङ्क जोडेर तालिकाकाे दोस्रो स्थानमा उक्लिएको छ । हिमालयन नाै अङ्कका साथ १३ औँ स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।