सरकारले मिटरब्याज पीडितलाई भन्यो : ‘न्याय दिने प्रक्रिया सुरु भइसक्यो, आन्दोलन फिर्ता लिनुस्’

 बैशाख ७, २०८० बिहिबार १८:१४:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले मिटरब्याज पीडितलाई न्याय दिने प्रक्रिया सुरु भइसकेको भन्दै आन्दोलन फिर्ता लिन आग्रह गरेको छ । 

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज बिहीवार आयोजित पत्रकार सम्मेलनमा सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आन्दोलन फिर्ता लिएर सरकारलाई सहयोग गर्न आग्रह गर्नुभयो । ‘मिटरब्याज पीडितलाई न्याय दिन सरकारले कदम चालिसकेको छ’, उहाँले भन्नुभयो, ‘उजुरी दिएर सरकारलाई सहयोग गरिदिनु होला ।’

सरकारले लिएको अग्रसरतालाई निरुत्साहित पार्ने गरी आन्दोलन नगर्न पनि मन्त्री शर्माले आग्रह गर्नुभयो ।  

मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न सरकारले कानुन निर्माणको प्रक्रिया अगाडि बढाएको जानकारी दिँदै उहाँले त्यो  समस्या समाधान गर्न उच्चस्तरीय आयोग बनाइएको बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया