सिंहदरबारको फोहोर ३ दिनभित्र उठाउन काठमाण्डौ महानगरलाई सर्वोच्चको अन्तरिम आदेश

 बैशाख ८, २०८० शुक्रबार १७:५:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सर्वोच्च अदालतले सिंहदरबारको फोहोर तीन दिनभित्र उठाउन काठमाण्डाै महानगरपालिकालाई अन्तरिम आदेश दिएको छ ।

शुक्रवार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले सिंहरदरबारसहित राष्ट्रपतिको कार्यालय शीतल निवास र प्रधानमन्त्री कार्यालय रहेको क्षेत्रका फोहोर उठाएर विसर्जन गर्न आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडैलले जानकारी दिनुभयो ।

यसअघि काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले सङ्घीय सरकारले आफूहरूसँग समन्वय नगरेको भन्दै गएकाे चैत २४ गतेदेखि ती क्षेत्रको फोहोर नउठाउन निर्देशन दिनुभएको थियो । मेयर शाहको याे निर्णयविरुद्ध अधिवक्ता पदमबहादुर श्रेष्ठले काठमाण्डाै महानगरपालिकासहितलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियाे ।

सर्वोच्च अदालतले फोहोरमैला व्यवस्थापन ऐन २०६८ र नेपालको संविधानमा भएको संवैधानिक प्रावधानअनुसार सरसफाइ गर्नुपर्ने अधिकार र दायित्व पालिकामा रहेको उल्लेख गरेको छ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया