आईएमई पेबाट बीमा नवीकरण गरी शतप्रतिशत 'क्यासब्याक' जित्ने मौका

 वैशाख ८, २०८० शुक्रबार १९:३१:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईएमई पेबाट अब घरमै बसी सहजै आफ्नो बीमा पोलिसी नवीकरण गर्न सकिने भएको छ ।

आईएमई पेको बीमा सेवाको प्रयोग गरी केही मिनेटमै ग्राहकले आफ्नो बीमा पोलिसी नवीकरण गर्न सक्नेछन् । याे सेवाअन्तर्गत आईएमई लाइफ, एसियन लाइफ, अजोड इन्सुरेन्स लगायत अन्य विभिन्न इन्सुरेन्स कम्पनीहरूको बीमा पोलिसी नवीकरण गर्न मिल्ने आईएमईले जनाएकाे छ । 

लामो लाइन तथा अन्य झन्झटबाट ग्राहकलाई जोगाई सजिलै बीमा नवीकरण गर्ने उद्देश्यका साथ आईएमई पेबाट इन्सुरेन्स पोलिसीहरूको नवीकरण गर्ने सुविधा उपलब्ध गराइएको हो । साथै नव वर्ष २०८० को उपलक्ष्यमा आईएमई पेमार्फत बीमा पोलिसी नवीकरण गर्ने ग्राहकले सय प्रतिशत 'क्यासब्याक' प्राप्त गर्ने मौका पनि पाउनेछन् ।

अन्तिम अपडेट: असार २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया