आईपीएल क्रिकेटमा चेन्नईसँग हैदराबाद ७ विकेटले पराजित

 वैशाख ९, २०८० शनिबार ६:१९:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्ग्सले सनराइजर्स हैदराबादलाई हराएको छ । गएराति चेन्नईमा भएको खेलमा घरेलु टोली चेन्नई ७ विकेटले विजयी भयो ।

टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३४ रन बनाएको थियो । उसका अभिशेख शर्माले सर्वाधिक ३४ रन बनाए । त्यस्तै, राहुल त्रिपाठी २१ रनमा आउट भए । अरु खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । चेन्नईका रविन्द्र जडेजाले ३ विकेट लिए ।

जितका लागि १ सय ३५ रनको लक्ष्य पछ्याएको चेन्नईले १८ ओभर ४ बलमा ३ विकेट गुमाएर भेट्टायो । उसका डेभन कन्वेले अविजित ७७ रनको अर्धशतकीय पारी खेले । त्यस्तै, ऋतुराज गायकवाडले ३५ रन जोडे ।

हैदराबादका मयङ्क मार्कन्डेले २ विकेट लिए । जितसँगै चेन्नईको ६ खेलमा ८ अङ्क भएको छ । चेन्नई तालिकाको तेस्रो स्थानमा छ । समान खेलमा ४ अङ्क रहेको हैदराबाद नवौँ स्थानमा छ ।
 

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया