आईपीएल क्रिकेटमा कोलकातालाई हराउँदै चेन्नई शीर्ष स्थानमा उक्लियो

 बैशाख ११, २०८० सोमबार ६:२९:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा चेन्नई सुपर किङ्सले काेलकाता नाइट राइडर्सलाई ४९ रनले हराएको छ ।

काेलकाताको घरेलु मैदान इडन गार्डेनमा भएको खेलमा चेन्नईले शानदार ब्याटिङ गर्‍यो । चेन्नईले दिएको २ सय ३६ रनको लक्ष्य पछ्याएको काेलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर मात्र १ सय ८६ रन बनाउन सक्यो । काेलकाताका लागि जसन रोय र रिंकु सिंहले अर्धशतकीय पारी खेले पनि टिमलाई जिताउन सकेनन् ।

जसन रोयले ६१ तथा रिंकु सिंहले ५३ रन बनाएका हुन् । यस्तै, कप्तान नितिश राणाले २७ र भेन्कटेस ऐरले २० रन बनाए । चेन्नईका लागि तुसार देशपाण्डे र महेश थिक्सनाले समान २/२ विकेट लिए । यस्तै, आकाश सिंह, मोइन अलि, रविन्द्र जडेजा र मथिशा पथिरानाले समान १/१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ३५ रन बनायो ।

चेन्नईका लागि अजिन्क्या रहाणे, डेभोन कन्वे र शिवम् दुवेले अर्धशतकीय पारी खेले । अजिन्क्या रहाणेले ७१ रन बनाए भने कन्वेले ५६ र शिवम् दुवेले ५० रन बनाए ।  यस्तै, ऋतुराज गायकवाडले ३५ र रविन्द्र जडेजाले १८ रन बनाए । काेलकाताका लागि कुलवन्त खेजरोलियाले २ तथा वरुण चक्रवर्ती र सुयश शर्माले समान १/१ विकेट लिए ।

जितसँगै चेन्नई अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । काेलकाता आठौँ स्थानमा छ । यसअघि भएको खेलमा रोयल च्यालेञ्जर्स बेङ्लोरले राजस्थान रोयल्सलाई ७ रनले हराएको थियो । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया