साहित्यकार बैरागी काइँला ‘वानीरा प्रज्ञा पुरस्कार’ बाट सम्मानित

 बैशाख ११, २०८० सोमबार ७:५८:२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - साहित्यकार बैरागी काइँला एक लाख राशिको ‘वानीरा प्रज्ञा पुरस्कार’बाट सम्मानित हुनु भएको छ ।

नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि सात दशकदेखि काव्यसाधनामा समर्पित रहेको भन्दै वानीरा फाउन्डेसनले साहित्यकार काइँलालाई नगदसहित सम्मानपत्रद्वारा पुरस्कृत गरेको हो ।

त्यसैगरी, नेपाली कविताको संवर्द्धनमा योगदान पुर्‍याएको भन्दै साहित्यकार गोपाल पराजुलीलाई  ५० हजार रुपैयाँ राशिको पुरस्कारसहित वानीरा पुरस्कारबाट सम्मान गरिएको छ । यस्तै, भीमबहादुर बोटेलाई पनि २५ हजार नगदसहित वानीरा सेवा पुरस्कारबाट सम्मान गरिएको छ ।  

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया