एक वर्षमा मानव अधिकार उल्लङ्घनसम्बन्धी एक सय २० वटा उजुरी दर्ता
मंसिर १९, २०८१ बुधबार
काठमाण्डाै – शेयर बजार आज साेमवार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव ७१ अङ्कले बढेर एक हजार आठ सय ८८ दशमलव ३२ विन्दुमा पुगेको छ ।
आज बैंक, होटल तथा पर्यटन, लगानी र निर्जीवन बीमा समूहबाहेकका समूहको शेयर बढ्दा जीवन बीमा, उत्पादन र विकास बैंक समूहको शेयर दोहोरो अङ्कले बढेको छ ।
बजार सामान्य बढे पनि कारोबार रकम भने घटेको छ । आज दुई सय ७० वटा कम्पनीका २२ लाख ६० हजार कित्ता शेयर ७५ करोड १३ लाख रुपैयाँमा कारोबार भएका छन् । हिजो आइतवरा ८२ करोड ८५ लाख रुपैयाँको कारोबार भएको थियो । आज सबैभन्दा धेरै कालिञ्चोक दर्शन लिमिटेडको आठ करोड ८१ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।
आज सबैभन्दा धेरै पिपुल्स पावर लिमिटेडको शेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढे पनि कालिञ्चोक दर्शन लिमिटेडको शेयर नौ प्रतिशतभन्दा धेरैले घटेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।