चितवन २ मा रवि लामिछानेलाई अग्रता

 वैशाख ११, २०८० सोमबार १५:५२:२० | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन – प्रतिनिधि सभा सदस्यकाे उपचुनावअन्तर्गत चितवन क्षेत्र नम्बर २ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता लिन सुरु गरेकाे छ ।

पछिल्लाे मतपरिणामअनुसार रास्वपाका रवि लामिछानेकाे एक हजार एक सय ५५ मत प्राप्त गर्नुभएकाे छ । उहाँलाई नेकपा एमालेका रामप्रसाद न्याैपानेले छ सय ५६ मतका साथ पछ्याइरहनुभएकाे छ । सुरुवाती मतगणनामा न्याैपानेले अग्रता लिनुभएकाे थियाे ।

यस्तै नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले पाँच सय ८८ मत प्राप्त गर्नुभएकाे छ । अहिले इच्छाकामनाको हात्तीवङ र भार्लाङको मतगणना भइरहेको छ ।

अन्तिम अपडेट: माघ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया