चितवन–२ मा रवि लामिछानेकाे अग्रता कायमै, जितनारायण श्रेष्ठ झन्डै दाेब्बर मतले पछि

 वैशाख ११, २०८० सोमबार १९:४०:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चितवन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यकाे उपचुनावमा मतगणना चलिरहेकाे छ । अहिलेसम्म नाै हजार चार सय ४४ मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रवि लामिछानेकाे अग्रता कायमै छ । 

ताजा मतपरिणामअनुसार लामिछानेले चार हजार तीन सय ५८ मतसहित अग्रता लिइरहनुभएकाे छ । नेकपा एमालेका रामप्रसाद न्याैपानेले दुई हजार पाँच सय ५८ मतसहित लामिछानेलाई पछ्याइरहनुभएकाे छ । उहाँहरूबीच एक हजार सात सय ७३ मतकाे अन्तर रहेकाे छ । 

नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ लामिछानेभन्दा झन्डै दाेब्बर मतले पछि पर्नुभएकाे छ । उहाँले दुई हजार दुई सय पाँच मत प्राप्त गर्नुभएकाे छ । श्रेष्ठ लामिछानेभन्दा दुई हजार एक सय ५३ मतले पछि हुनुहुन्छ ।

अन्तिम अपडेट: माघ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Lokesh

    April 24, 2023, 8:11 p.m.

    Jet rabi dai ko ho fix

  •  0 Reply

तपाईको प्रतिक्रिया