दुर्गा पूजाको मूर्ति विसर्जन विवाद : कपिलवस्तुमा कर्फ्यु लाग्याे

 कात्तिक ४, २०७५ आइतबार १९:५५:४ | बृजराज कुशवाह
unn.prixa.net

कपिलवस्तु - बडा दसैंको दुर्गा पूजाको मूर्ति विसर्जन गर्ने बेलामा स्थानीय समुदायबीच भएको विवाद साम्य नभएपछि कपिलवस्तुको कृष्णनगर बजारमा कफ्र्यु लागेको छ । 

पटक पटक प्रयास गर्दा पनि विवाद समाधान हुन नसकेपछि अर्को आदेश नआउन्जेलसम्म बेलुकी ५ बजेदेखि कर्फ्यु लगाईएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

दिउँसो प्रहरीमाथि नै ढुँगामुढा भएकोले सुरक्षा व्यवस्थालाई थप मध्यनजर गर्दै कर्फयु लगाईएको उहाँले बताउनुभयो । 

कृष्णनगर बजारको दक्षिण क्षेत्र नेपाल भारत दशगजा, उत्तरतर्फ कृष्णनगर १ शिवानगरको बढाया पोखरीक्षेत्र, पूर्व सेमरा गाँउ र पश्चिम सिर्सिहवा चोकसम्म बेलुका ५ बजेदेखि कर्फुयु लगाउने निर्णय भएको हो । 

दुर्गाका मुर्तिहरू पुजा गरिसकेपछि विसर्जन गर्ने काममा अवरोध उत्पन्न भएको र विवाद मिलाउने ३ दिनदेखिको प्रयास असफल भएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएको हो । 

शुक्रबारदेखि नै त्यो ठाउँमा पटक–पटक झडप भएका थिए । कर्फुको समयमा कसैलाई पनि घर बाहिर ननिस्कन, आवत जावत नगर्न, भेला नहुन, जुलुस ननिकाल्न तथा हुलदंगा नगर्न जिल्ला प्रशासनले आग्रह गरेको छ ।
 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

बृजराज कुशवाह

बृजराज कुशवाह नवलपरासी सुस्ता पश्चिमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

 

तपाईको प्रतिक्रिया