चितवन–२ : रवि लामिछानेको जित निश्चित, हार स्वीकार गरी कांग्रेसका जितनारायणले दिए बधाई

 वैशाख १२, २०८० मंगलबार १०:५९:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चितवनको क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेको जित निश्चित भएको छ । गन्न बाँकी रहेको मतभन्दा लामिछानेको मतान्तर धेरै छ ।

लामिछानेलाई प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले बधाई दिनुभएको छ । साथै उहाँले हार स्वीकार गरी नागरिकले परिवर्तन खोजेको प्रतिक्रिया दिनुभएको छ । पछिल्लो गणना बिहान साढे १० बजेको विवरणअनुसार लामिछानेले ४५ हजार ८ सय ४२ मत प्राप्त गर्नुभएको छ ।

जितनारायणले ८ हजार ४ सय २५ र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ८ हजार ३ सय ३० मत ल्याउनुभएको छ । लामिछाने र जितनारायणको मतान्तर ३७ हजार ४ सय १७ छ । अब गन्न बाँकी मत झण्डै १२ हजार छ । चितवन–२ मा कुल मतदाता १ लाख २४ हजार ६ सय ९५ रहेकोमा ७८ हजार २ सय ७७ मत खसेको छ ।

नागरिकतासम्बन्धी विवादका कारण रवि लामिछानेको सांसद पद खारेज भएपछि त्यहाँ उपचुनाव भएको हो ।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो दलले सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्ने बताउनुभएको छ । चितवन–२ मा जित निश्चित भएपछि भरतपुरमा पत्रकारसँगको कुराकानीमा उहाँले वर्तमान सरकारलाई दिएको समर्थनमा पुनर्विचार गर्ने बताउनुभयो।

अन्तिम अपडेट: माघ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया