धनराज गुरुङकाे प्रस्ताव– ‘आर्थिक सङ्कट समाधानका लागि बाँदर निर्यात गराैँ’

 वैशाख १२, २०८० मंगलबार १४:५७:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सत्तारूढ नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले देशको आर्थिक सङ्कट समाधानका लागि बाँदर निर्यात गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ । गाउँघरमा बाँदर आतङ्क फैलिएको उल्लेख गर्दै उहाँले त्यसलाई निर्यात गर्ने निर्णय गरेर जाँदा देशलाई आर्थिक सङ्कटमा राहत मिल्ने पनि बताउनुभयो । 

मङ्गलवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गुरुङले किसानको बाली लुटेर लैजाने बाँदरलाई निर्यात गर्दा कसो होला पनि जिज्ञासा पनि राख्नुभयो । उहाँले देश आर्थिक महासङ्कटबाट गुज्रिएको उल्लेख गर्दै त्यसको निदानका लागि सत्तापक्ष र प्रतिपक्ष सबैले मिलेर काम गर्नुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘अहिले देश आर्थिक महासङ्कटमा परेको छ । हामीले याे समस्याको समाधान खोज्नै पर्छ । तर पुँजीगत खर्च कटौती गरेर उभोगतितिर लैजान सकिँदैन । सङ्कटमोचनका उपायहरू खोजौँ । अस्ट्रेलिया विकसित देश हो । त्यहाँको राष्ट्रिय जनावर कङ्गारु हो । त्यहाँ आर्थिक व्यवस्थापनको सन्दर्भमा लाखौँ कङ्गारु मारिन्छ । यस्तै श्रीलङ्काले भर्खरै एक लाख बाँदर निर्यात गर्ने निर्णय गरेको छ । सभामुख महोदय हाम्रा गाउँहरूमा पनि अहिले बाँदर आतङ्क मच्चिएको छ । किसानले लगाएको बाली टिप्ने बेलामा बाँदरको हुल आएर लुटेर लैजान्छ । हामीले पनि बाँदर निर्यात गरिदिए कसो होला ? अहिले हाम्रो आर्थिक अवस्थालाई हेरेर पनि बाँदर निर्यात गर्ने निर्णय गर्दा ठिकै हुन्छ जस्तो लाग्दछ ।’

सांसद गुरुङले भ्रष्टाचार नियन्त्रण नगरे जुनसुकै उद्योगधन्दा सञ्चालन गरे पनि नेपाल उभो नलाग्ने आफूले देखेको पटक–पटक दाेहाेर्‍याउनुभयो ।

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

3 Comments

  • मेघ राज दाहाल

    April 25, 2023, 4:37 p.m.

    एउटा बाँदर कतिमा बिक्री हुन्छ र अर्थतन्त्र सुधारमा सहयोगी बन्छ, संख्या घटेर बाँदरले निम्त्याएको समस्या समाधानमा सहयोग चाहिँ पुग्छ की, संख्या घटाउने योजना नै बनाएको हो भने बाँदर बन्ध्याकरण गर्ने कार्यक्रम सञ्चालन गरे भै गयो नी राज्यले

  •  0 Reply
  • राजेश आचार्य

    April 25, 2023, 4:10 p.m.

    नेपाल का नेता हरु नी बाँदर भन्दा कहाँ कम छन् र बाँदर ले अफ्नो घर नी बनाउन अरु को नी बनाउन दिँदैन भने जस्तै न राजा लाई देश बनाउन दिन्छ न आफै देश बनाउँछन्

  •  0 Reply
  • j.p.khatiwoda

    April 25, 2023, 3:05 p.m.

    यस्तै कु बुद्दिले गर्दा काग्रेस सकिएको ( अन्तर रास्टिय बन्य जन्तु सम्बन्धि कानुन पड्त एक पल्ट ठागु)

  •  0 Reply

तपाईको प्रतिक्रिया