अमेरिकाले ब्यालेस्टिक मिसाइलमा संलग्न पाकिस्तानका चार कम्पनीला...
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – चितवन क्षेत्र नम्बर–२ मा भएकाे उपचुनावमा निर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेलाई विजयी घोषणा गरी प्रमाणपत्र प्रदान गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछानेलाई मुख्य निर्वाचन अधिकृत वासुदेव न्याैपानेले आज मङ्गलवार दिउँसाे प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नुभयो ।
लामिछाने ५४ हजार १ सय ७६ मतसहित विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार २ सय ५१ र एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९ सय ३५ मत पाउनुभयो ।
यसअघि यही क्षेत्रबा विजयी रवि लामिछानेको नागरिकता विवादमा पद गुमेसँगै उपचुनाव भएको हो । सर्वोच्च अदालतको आदेशअनुसार पद गए पनि आफ्नो नागरिकता जिल्ला प्रशासन कार्यालयबाट कायम गराएर लामिछानेले फेरि चुनावी प्रतिस्पर्धा गर्नुभएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।