बारा–२ मा उपेन्द्र यादवलाई ५ हजार मतकाे अग्रता

 वैशाख १२, २०८० मंगलबार १६:५९:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – बारा क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यकाे उपचुनावमा मतगणना चलिरहेकाे छ । अहिलेसम्मकाे मतगणनामा जनता समाजवादी (जसपा) का उपेन्द्र यादवकाे अग्रता कायमै छ ।

पछिल्लाे मतपरिणामअनुसार यादवले पाँच हजारभन्दा धेरै मतले अग्रता लिइरहनुभएकाे छ । उहाँले १८ हजार ९६ मत प्राप्त गर्नुभएकाे छ । उहाँलाई जनमत पार्टीका शिवचन्द्र कुशवाहाले १३ हजार ८३ मतसहित पछ्याइरहनुभएकाे छ । 

यस्तै नेकपा एमालेका पुरुषाेत्तम पाैडेलले पाँच हजार चार सय ५९ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रमेश खरेलले दुई हजार एक सय ६३ मत पाउनुभएकाे छ ।

गएकाे आइतवार भएकाे उपचुनावमा बारा क्षेत्र नम्बर २ मा ६९ हजार एक सय सात मत खसेकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।

अन्तिम अपडेट: माघ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया