अमेरिका, क्यानडा र अस्ट्रेलियाबाट आएको रेमिट्यान्स प्राप्त गर्दा ५० रुपैयाँ बाेनस

 वैशाख १२, २०८० मंगलबार १९:२२:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईएमई डिजिटल सोलुशन लिमिटेडले आईएमई पेमा अमेरिका, क्यानडा र अस्ट्रेलियाबाट आएको रकम प्राप्त गर्दा ग्राहकलाई दिइने ५० रुपैयाँ बोनसलाई निरन्तरता दिने भएको छ ।

संसारको जुनसुकै कुनाबाट आउने रेमिट्यान्स आईएमई पेमा कन्ट्रोल नम्बर राखी दाबी गर्दा ५० रुपैयाँ रकम बोनसको रूपमा प्रदान गरिँदै आएको छ । आईएमई पेले सो बोनस रकम आउँदा दिनमा पनि निरन्तरता दिँदै ग्राहकलाई झन्झटविना विदेशबाट आएको रकम वालेटमै दाबी गर्न प्रोत्साहन गरेको छ । याे बोनस रकम अमेरिका, क्यानडा र अस्ट्रेलियाबाट आएको रेमिट्यान्स दाबी गर्दा पनि उपलब्ध हुनेछ ।

अन्तिम अपडेट: असार १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया