महिला टी–२० राष्ट्रिय क्रिकेटमा एपीएफले सुदूरपश्चिमलाई हरायो
माघ ५, २०८१ शनिबार
काठमाण्डाै – उपचुनाव भएका तीनवटै क्षेत्रको नतिजा आएको छ । चितवन २ र तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तथा बारा २ मा जनता समाजवादी पार्टी (जसपा)ले जितेको छ । गएको आइतबार वैशाख १० गते चितवन–२, बारा–२ र तनहुँ–१ मा उपचुनाव भएको थियो । यो उपचुनावमा नेपाली कांग्रेसले एक क्षेत्र गुमाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एक क्षेत्र थपेको छ । यस्तै जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवको संसद छिर्ने चाहना पनि पूरा भएको छ ।
उपचुनावमा ठूला दलले आफ्नै मत जोगाउन सकेनन् । कांग्रेसले गढ मानिएको तनहुँँ–१ नै गुमाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले ३४ हजार ९ सय १९ मतसहित विजयी हुनुभयो । वाग्ले एक महिनाअघि मात्रै कांग्रेस छाडेर रास्वपाबाट उम्मेदवार बन्नुभएको थियो ।
गएको मंसिर ४ मा भएको प्रतिनिधि सभा सदस्य चुनावमा यस क्षेत्रबाट वर्तमान राष्ट्रपति एवं त्यतिबेलाका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी हुनुभएको थियो । उहाँले २५ हजार ३ सय ६१ मत पाउनुभएको थियो । तर यसपाली पाँचदलीय गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका गोविन्द भट्टराईले २० हजार १ सय २२ मत प्राप्त गरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेसँग पराजित हुनुभयो । पौडेलले प्राप्त गरेको मत नै ५ हजार २ सय भन्दा धेरै घटेको छ । कांग्रेसले आफ्नो मत नै जोगाउन सकेन ।
त्यस्तै तनहुँ–१ मा एमालेको पनि मत घटेको छ । उपचुनावमा एमालेका सर्वेन्द्र खनाल ८ हजार ४ सय ८८ मतसहित तेस्रो हुनुभयो । मंसिरमा भएको चुनावमा एमालेका एकबहादुर रानाले १९ हजार ९ सय ८१ मत ल्याउनुभएको थियो । मंसिर ४ को तुलनामा एमालेले ११ हजार ४ सय ९३ मत गुमाएको छ ।
सर्वाधिक मतान्तरको रेकर्ड राख्दै चितवन–२ बाट रास्वपाका सभापति रवि लामिछाने विजयी हुनुभयो । लामिछाने ४२ हजार ९ सय ६२ मतान्तरसहित निर्वाचित हुनुभयो । उपचुनावमा चितवन–२ मा कुल ७८ हजार ६ सय ६४ मत खस्दा उहाँले ५४ हजार एक सय ७६ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार दुई सय १४ र एमालेका रामप्रसाद न्यौपानेले १० हजार नौ सय ३६ मत ल्याउनुभयो ।
मंसिर ४ मा भएको चुनावमा लामिछानेले ४९ हजार ३ सय मत ल्याउँदा निकटतम प्रतिस्पर्र्धी कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९ सय ८८ मत पाउनुभएको थियो । अघिल्लोपटकको मतसँग तुलना गर्दा कांग्रेसको ३ हजार ७ सय ७४ मत घटेको छ । त्यतिखेर एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६ सय ५२ मत प्राप्त गर्नुभएको थियो भने यसपटक एमालेको मत ३ हजार ७ सय १६ घटेको छ ।
प्रतिनिधिसभा सदस्य उपचुनावमा बारा–२ बाट निर्वाचित भएसँगै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको संसद छिर्ने चाहना पूरा भएको छ । उहाँले प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहालाई ५ हजार ८१ मतान्तरले हराउनुभयो । विजयी उम्मेदवार यादवले २८ हजार ४ सय १५ मत प्राप्त गर्नुभयो । निकटतम प्रतिस्पर्धी कुशवाहाले २३ हजार ३ सय ३४ मत ल्याउनुभयो । एमालेका पुरुषोत्तम पौडेलले १० हजार २ सय १६ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले २ हजार ८ सय २९ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । बारा–२ मा कुल ६९ हजार १ सय ७ मत खसेको थियो ।
उपेन्द्र यादव मंसिरमा भएको चुनावमा सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पराजित हुनुभएको थियो । मंसिरमा भएको चुनावमा पराजित भएपछि संसद छिर्नकै लागि उहाँले बारा २ बाट निर्वाचित रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपति बनाएर उपचुनावमा आफू उम्मेदवार बन्नुभएको थियो ।
मंसिर ४ मा बारा–२ मा तत्कालीन सत्तागठबन्धन र जसपा–एमाले विपक्षी मोर्चाबीच प्रतिस्पर्धा थियो । सत्तागठबन्धनबाट माओवादीका शिवचन्द्रप्रसाद कुशवाहा र विपक्षी गठबन्धन जसपाका रामसहाय प्रसाद यादव उम्मेदवार हुनुहुन्थ्यो । प्रत्यक्षतर्फ जसपाका रामसहाय प्रसाद यादवले १३ हजार ८ सय २२ र त्यसबेला माओवादीका उम्मेदवार कुशवाहाले १३ हजार ४ सय ६८ मत ल्याउनुभएको थियो । कुशवाहा उपचुनाव अघि चैत १५ मा माओवादी छाडेर सिके राउत नेतृत्वको जनमत पार्टी प्रवेश गर्नुभएको हो । उपचुनावमा बारा–२ मा माओवादीले आफ्नो पार्टीबाट उम्मेदवार नउठाएर जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय गरेपछि पार्टी छोड्न बाध्य भएको कुशवाहाले बताउनुभएको थियो ।
प्रमुख राजनीतिक दलका नेताले उपचुनावको मतपरिणामले दलभित्र उठ्दै आएको रुपान्तरणको आवाजलाई सहयोग पुर्याएको प्रतिक्रिया दिएका छन् । तनहुँ, चितवन र बारामा भएको उपचुनावको नतिजापछि उनीहरुले संविधान र कानुन मानेर स्वस्थ प्रतिस्पर्धाका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको नतिजालाई कुनै चमत्कारका रुपमा हेरिन नहुने तर्क पनि गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।