बहराइनलाई हराउँदै यूएई एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा

 वैशाख १३, २०८० बुधबार १४:३६:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – यूएई एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा पुगेकाे छ । आज बुधवार मुलपानी क्रिकेट मैदानमा भएकाे खेलमा बहराइनलाई ८ विकेटले हराउँदै यूएई सेमिफाइनलमा पुगेकाे हाे । 

बहराइनले दिएकाे १ सय १७ रनकाे सामान्य लक्ष्य यूएईले २७ ओभर ४ बलमा मात्र २ विकेट गुमाएर भेटायाे । यूएईका वृत्य अरविन्दले नटआउट ६२ र राेहन मुस्तफाले नटआउट ५० रन बनाए । बहराइनका अब्दुल मजिदले २ विकेट लिए । 

यसअघि टस जितेर ब्याटिङ गरेकाे बहराइन ४० ओभर ५ बलमा १ सय १६ रन बनाउँदा अलआउट भयाे । बहराइनका कप्तान हैदर बट र अली दउदले समान २३ रन बनाए । यूएईका आयन अफजल खानले ४ विकेट लिँदा राेहन मुस्तफा र कार्तिक मय्यप्पनले २/२ विकेट लिए ।

यूएई समूह 'बी' बाट सेमिफाइनल पुग्ने पहिलाे टाेली बनेकाे छ । अब भाेलि बिहीवार हङकङ र कुवेतबीच हुने खेलकाे विजेता सेमिफाइनलमा पुग्ने अर्काे टाेली बन्नेछ । यस्तै समूह 'ए' बाट नेपाल १ खेलअघि नै सेमिफाइनल पुगिसकेकाे छ । यस्तै अहिले समूह 'ए' कै ओमान र साउदी अरेबियाबीच कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा खेल भइरहेकाे छ । यस खेलकाे विजेता समूह 'ए' बाट सेमिफाइनल पुग्ने अर्काे टाेली बन्नेछ ।

एसीसी प्रिमियर कपको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ ।

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया