शेयर बजार दोहोरो अङ्कले घटेर १९ सय विन्दुभन्दा तल झर्‍याे

 वैशाख १३, २०८० बुधबार १५:१६:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज बुधवार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव ६८ अङ्कले घटेर एक हजार आठ सय ९२ विन्दुमा झरेको छ ।

आज बजारसँगै कारोबार रकम पनि घटेको छ । आज २ सय ६४ वटा कम्पनीका २५ लाख ७१ हजार कित्ता शेयर ८४ करोड ७० लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको सात करोड रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै तारागाउँ रिजेन्सीको शेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि आज जनउत्थान सामुदायिक लघुवित्तको शेयर तीन प्रतिशतभन्दा धेरैले बढेको छ ।

अन्तिम अपडेट: मंसिर १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया