विलासिताका वस्तु आयातमा कटौती गरौँ : राष्ट्रिय सभा सदस्य प्रमिला कुमारी

 वैशाख १३, २०८० बुधबार १६:२:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय सभा सदस्य प्रमिला कुमारीले विलासिताका वस्तु आयातमा कटौती गर्नुपर्ने बताउनुभएको छ ।

बुधवारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य कुमारीले आत्मनिर्भर अर्थ व्यवस्थाका लागि विशेष योजना बनाउनुपर्ने बताउनुभयो । उहाँले सार्वजनिक यातायातका साधनलाई प्रोत्साहित गर्दै सवारी साधन, इन्धनलगायतका विलासिताका वस्तु आयातमा कटौती गर्नुपर्ने बताउनुभयो । देशमा दिनानुदिन भ्रष्टाचार बढिरहेको भन्दै बिचौलिया, भ्रष्टाचारी र दलाललाई पृष्ठपोषण दिने संस्था भत्काउन जरुरी रहेको उहाँकाे भनाइ छ । 

उहाँले भन्नुभयो, ‘हाम्रो व्यापार घाटा बढिरहेको अवस्था, वैदेशिक मुद्राको सञ्चिति तीव्र गतिले घटिरहेको हुँदा ऋण लिनुपर्दा अत्यधिक ब्याज तिर्नुपर्ने अवस्था, उद्योगधन्दा बन्द हुन लागेको अवस्थामा श्रीलङ्काजस्तो आर्थिक सङ्कट नआउला भन्न नसकिने अवस्थामा हाम्रो गम्भीर ध्यानाकर्षण भएकाले यसलाई सरकारले गम्भीरतापूर्वक लिनु अति आवश्यक छ । आत्मनिर्भर अर्थ व्यवस्थाका लागि विशेष योजना तर्जुमा गर्न, सार्वजनिक यातायातका साधनलाई प्रोत्साहित गर्दै सवारी साधन, इन्धनलगायत विलासितासम्बन्धी वस्तु आयातको परिणाममा कटौती गरी अल्पकालीन, मध्यकालीन, दीर्घकालीन नीति र योजना निर्माण गरी प्रभावकारी कार्यान्वयनका लागि सरकारको ध्यान आकृष्ट गराउन चाहन्छु ।’

राष्ट्रिय सभा सदस्य कुमारीले प्रदेश र पालिकालाई बलियाे बनाउन वित्तीय सङ्घीयता बलियाे हुनु जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले कम बजेट विनियोजनका कारण प्रदेश र पालिकाको आर्थिक विकास हुन नसकेको बताउनुभयो ।

अन्तिम अपडेट: माघ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया