भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – ओमान एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा पुगेकाे छ । आज बुधवार त्रिवि क्रिकेट मैदानमा भएकाे खेलमा साउदी अरेबियालाई ७२ रनले हराउँदै ओमान सेमिफाइनलमा पुगेकाे हाे ।
ओमानले दिएकाे ३ सय ६७ रनकाे विशाल लक्ष्य पछ्याएकाे साउदी अरेबिया ४६ ओभर ५ बलमा २ सय ९४ रनमा अलआउट भयाे । साउदी अरेबियाका अब्दुल वहीदले ९५ र साद खानले ७८ रन बनाए । ओमानका बिलाल खानले ४, जे ओडेड्राले ३ र जेशन मक्शूदले २ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेकाे ओमानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ६६ रन बनायाे । ओमानका पाँच जना ब्याटरले अर्धशतक बनाए । उसका जतिन्दर सिंहले ८८, माेहम्मद नदीमले ३८ बलमा नटआउट ७१, शाेएब खानले ६८, कप्तान जेशन मक्शूदले ५४ र कश्यप प्रजापतिले ५१ रन बनाए । साउदी अरेबियाका अतिफ उर रेहमानले ३ र अब्दुल वहिदले २ विकेट लिए ।
याेसँगै समूह 'ए' बाट सेमिफाइनल पुग्ने टाेलीकाे टुङ्गाे लागेकाे छ । याे समूहबाट नेपाल यसअघि नै १ खेलअघि नै सेमिफाइनल पुगेकाे छ । यस्तै समूह 'बी' बाट यूएई सेमिफाइनल पुगेकाे छ । अब भाेलि बिहीवार हङकङ र कुवेतबीच हुने खेलकाे विजेता याे समूहबाट सेमिफाइनलमा पुग्ने अर्काे टाेली बन्नेछ ।
एसीसी प्रिमियर कपको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।