भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – सशस्त्र प्रहरीकाे एपीएफ क्लब शहीद स्मारक ए डिभिजन लिग फुटबलमा र फ्रेन्ड्स क्लबसँग बराबरीमा रोकिएको छ ।
ललितपुरकाे अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालको मैदानमा आज बिहीवार भएकाे खेलमा एपीएफले पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा दोस्रो हाफमा गोल खाँदै १–१ को बराबरी खेलेको हो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा एपीएफले २७ औँ मिनेटमा प्रदीप लामाको गाेलबाट अग्रता लिएकाे थियाे । तर ५२ औँ मिनेटमा राफिक अमिनुले गोल गर्दै फ्रेन्ड्सलाई खेलमा फर्काए ।
यससँगै एपीएफ १३ खेलमा १८ अङ्कसहित तालिकाकाे छैटौँ स्थानमा छ । फ्रेन्ड्स उति नै खेलमा १५ अङ्कसहित नवौँ स्थानमा छ ।
तस्बिर : एन्फा
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।