लुम्बिनी र गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्रीले शपथ लिँदै

 वैशाख १५, २०८० शुक्रबार ११:४८:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - लुम्बिनी र गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ।

लुम्बिनीका मुख्यमन्त्री चौधरीलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराउनु हुनेछ । बुटवलमा रहेको प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहण कार्यक्रम हुँदैछ । लुम्बिनी प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका चौधरी हिजो मुख्यमन्त्रीमा नियुक्त हुनु भएको हो ।

चौधरीलाई कांग्रेस, माओवादीसहित नागरिक उन्मुक्ति, जसपा, लोसपा, जनमत, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थन रहेको छ । यसअघि एमालेका लिला गिरी नेतृत्वको सरकारले विश्वासको मत प्राप्त गर्न नसकेपछि सोमवार ढलेको थियो।

यस्तै, गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पनि शपथ लिँदै हुनुहुन्छ । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै गण्डकीमा पनि एमालेका खगराज अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेको थियो। आज मुख्यमन्त्रीको शपथसँगै दुवै प्रदेशमा केही मन्त्रीले पनि शपथ लिने तयारी छ।

अन्तिम अपडेट: माघ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया