सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना छ : रवि लामिछाने

 वैशाख १५, २०८० शुक्रबार १३:४३:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् नवनिर्वाचित सांसद रवि लामिछानेले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना रहेको बताउनुभएको छ ।

सभापति लामिछानेले शुक्रवार सांसदको शपथ ग्रहण गरेसँगै सञ्चारकर्मीसँग कुराकानी गर्दै वर्तमान सरकारलाई राष्ट्रिय स्वतन्त्र पार्टीले दिएको समर्थन फिर्ता लिने सम्भावना रहेको बताउनुभएको हो । उहाँले आफूहरूलाई भ्रष्टाचारको अन्त्यका लागि मतदाताले मत दिएको उल्लेख गर्दै त्याे विषय सरकारले न्यूनतम साझा कार्यक्रमबाट हटाएकाले आफूहरूको आपत्ति रहेको बताउनुभयो । उहाँले सरकारलाई दिएको समर्थनको सम्बन्धमा गम्भीर समीक्षा गरेरमात्रै अगाडि बढ्ने स्पष्ट पार्नुभयो । 

उहाँले भन्नुभयो, ‘हामीलाई मतदाताले देशकाे भ्रष्टाचार अन्त्यका लागि मत दिएका हुन् । जसमा हामीले कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको छानबिन हुनुपर्छ भनेका थियौँ । सरकारले त्यो नै न्यूनतम साझा कार्यक्रमबाट सरकारले हटायो । त्यसमा हाम्रो गम्भीर आपत्ति छ । किनभने मतदाताले हामीलाई केही थान मान्छेलाई संसदमा पठाएको होइन । निश्चित एजेन्डासहित एउटा म्यान्डेड दिएर पठाएको हो । यसमा गम्भीर समीक्षा गरेर मात्रै अगाडि बढ्छौँ ।’

उहाँले आफूहरूले देशमा अस्थिरता नहोस् भन्ने चाहेको भए पनि सरकारलाई दिएको समर्थनबारे फेरि मूल्याङ्कन गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

शुक्रवार सभामुख देवराज घिमिरेले चितवन–२ बाट निर्वाचित रास्वपा सभापति रवि लामिछाने र रास्वपाबाटै तनहुँ–१ बाट निर्वाचित डा. स्वर्णिम वाग्लेलाई पद तथा गोपनीयताको शपथ गराउनुभएकाे थियाे ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया