एनआरटीसँग हार्दा थ्री स्टारले शीर्ष स्थानमा उक्लिने अवसर गुमायाे

 बैशाख १५, २०८० शुक्रबार १८:३२:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एन्फा

काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिग फुटबलमा न्युराेड टिम (एनआरटी) ले थ्री स्टार क्लबलाई हराएकाे छ । 

सातदाेबाटाेकाे एन्फा कम्प्लेक्समा आज शुक्रवार भएकाे खेलमा एनआरटीले थ्री स्टारलाई १–० गाेलले हरायाे । एनआरटीका लागि सञ्जीव विष्टले गाेल गरे ।

याे जितसँगै एनआरटी १३ खेलमा १६ अङ्कसहित तालिकाकाे आठाैँ स्थानमा छ । याे हारसँगै थ्री स्टारले तालिकाकाे शीर्ष स्थानमा उक्लिने अवसर गुमाएकाे छ । थ्री स्टार १३ खेलमा २२ अङ्कसहित दाेस्राे स्थानमा छ । शीर्ष स्थानमा रहेकाे जवलाखेलकाे १२ खेलमा २३ अङ्क छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया