फरार सांसद कोइरीको विषयमा संसद्को अर्को अधिवेशनमा निर्णय हुने

 वैशाख १६, २०८० शनिबार ७:३८:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - फरार सांसद लक्ष्मी महत्तो कोइरीको बिरामी बिदाबारे संसद्को अर्को अधिवेशनमा निर्णय हुने भएको छ ।

सभामुख देवराज घिमिरेले कोइरी बाहेकका अरु सांसदहरुको बिरामी बिदा स्वीकृत भएको जानकारी दिँदै सांसद कोइरीको बारेमा विभिन्न विषयहरु उठेकाले आउँदो अधिवेशनमा कानुनअनुसार निर्णय हुने जानकारी दिनुभएको हो ।

प्रतिनिधि सभाको हिजोको बैठकमा सभामुख घिमिरेले माओवादी सांसद वर्षमान पुन, कांग्रेस सांसदहरु चन्द्र भण्डारी, विनाकुमारी थनैत र मनोरमा शेरचनको बिरामी बिदा सदनले स्वीकृत गरेको जानकारी दिनुभयो।

यसअघि फरार रहेका कोइरीलाईसमेत बिरामी बिदाको सूचीमा राखेको भन्दै कांग्रेस, माओवादी केन्द्र, रास्वपालगायत दलका सांसदले विरोध गरेका थिए । प्रतिनिधि सभाको पहिलो अधिवेशन गएरातिदेखि अन्त्य भइसकेको छ ।

अन्तिम अपडेट: असार १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया