मूलपानी मैदानलाई एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता

 बैशाख १६, २०८० शनिबार ९:२८:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - मूलपानी क्रिकेट मैदानले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको छ ।

काठमाण्डौमा भैरहेको एसीसी प्रिमियर कप त्रिकेटमा एकदिवसीय मान्यता पाएका दुई देश ओमान र यूएईबीच सेमिफाइनल खेल भएसँगै मूलपानीले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको हो ।

मूलपानी मैदान एकदिवसीय मान्यता पाउने नेपालको दोस्रो मैदान बनेको छ ।

नेपालको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको मैदान कीर्तिपुर हो । माथिल्लो मूलपानी मैदानमा नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन् २००८ मा एकेडेमी सञ्चालनको लागि निर्माण सुरुवात गरेको थियो ।  

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया