कुवेतसँगको खेलमा करणले लिए पाँच विकेट, पानी पर्दा खेल फेरि अवरुद्ध

 वैशाख १६, २०८० शनिबार १५:३६:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत नेपालले कुवेतसँगको खेलमा नेपालका करण केसीले पाँच विकेट लिएका छन् ।

करणले ४ ओभर ३ बल बलिङ गर्दै १० रन दिएर पाँच विकेट लिएका हुन् । त्रिवी क्रिकेट मैदान कीर्तिपुरमा अहिले कुवेतले नेपालले दिएको २ सय ८१ रनको लक्ष्य पछाइरहेको छ । पानी परेपछि खेल ४२ ओभरमा झारिएको छ ।

यो समाचार तयार पार्दासम्म ८ ओभर ३  बलको खेल सकिँदा कुवेतले ६ विकेट गुमाएर ३७ रन बनाएको छ । नेपालका सोमपाल कामीले पनि एक विकेट लिएका छन् । 
 

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया