रास्वपाका उपसभापति अर्यालद्वारा संसदीय दलको नेताबाट राजीनामा

 वैशाख १७, २०८० आइतबार ६:५७:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिनुभएको छ ।

हिजाे शनिवार बसेको संसदीय दलको बैठकमा उहाँले संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठसमक्ष राजीनामा बुझाउनु भएको पार्टीले जनाएको छ ।

पार्टीको संसदीय दलको बैठक सोमवार भाेलि बस्ने र बैठकले पार्टी सभापति रवि लामिछानेलाई संसदीय दलको नेता चयन गर्ने तयारी भएको रास्वपा नेता अर्यालले जानकारी दिनुभयो ।

यही वैशाख १० गते सम्पन्न भएको उपचुनावमा चितवन क्षेत्र नं २ बाट सभापति लामिछाने निर्वाचित हुनु भएसँगै शुक्रवार शपथ लिनुभएको थियो ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • विनोद गिरी

    April 30, 2023, 9:37 a.m.

    अरु जेजे गर्यनी देश र जनता को भलो को लागि काम गर्नु होला भर्खरै जनता ले २/२ पटक सम्म हजुर को विश्वास गरेर यो ठाउँ मा पुग्न सफल हुनु भएको छ

  •  0 Reply

तपाईको प्रतिक्रिया