सिन्धुलीमा कार दुर्घटना हुँदा दुई जनाको ज्यान गयो, एक जना गम्भीर घाइते

 बैशाख १७, २०८० आइतबार १०:२७:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सिन्धुलीमा कार दुर्घटना हुँदा दुई  जनाको ज्यान गएको छ । एक जना गम्भीर घाइते भएका छन् ।

काठमाण्डाैबाट सिन्धुलीका लागि छुटेकाे बा ८ च ९१३५ नम्बरको कार  वीपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–२ पिपलभञ्ज्याङ नजिक बिहान सडकबाट खसेको हो ।

दुर्घटनामा ज्यान गुमाउनेमा झापाको चारपाने–५ का कार चालक कुमार पुरी र सिन्धुली कपिलाकोट घर भइ अहिले काठमाण्डाै बस्ने सहारा प्रसाईँ रहेका छन् । अर्का यात्रु प्युठान नगरपालिका–८ का योगेन्द्र थापा गम्भीर घाइते हुनुभएको छ ।

गम्भीर घाइते थापालाई सिन्धुली अस्पतालमा उपचार गरी थप उपचारका लागि काठमाण्डाै पठाइएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया