रास्वपा सभापति लामिछानेलाई सरकारमा सहभागी हुन प्रधानमन्त्री प्रचण्डकाे आग्रह

 वैशाख १७, २०८० आइतबार १०:४६:० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ । प्रचण्डलाई भेट्न लामिछाने प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुग्नुभएको हो।

भेटमा प्रचण्डले उपचुनावमा विजयी भएकोमा लामिछानेलाई बधाई दिँदै सरकारमा सहभागी हुन आग्रह गर्नुभएको छ । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीले उठाएका मुद्दा र सवाललाई अहिलेको सरकारले सम्बोधन गर्ने प्रयास गरिरहेको भन्दै सरकारमा सहभागी हुन आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । तर सभापति लामिछानेले भने सरकारले देश र नागरिकका समस्या एकातिर पञ्छाएर गलत निर्णय गरिरहेको भन्दै असन्तुष्टि पोख्नुभएको छ ।

उहाँले प्रधानमन्त्री प्रचण्डलाई अहिले नै सरकारमा सहभागी भइहाल्ने अवस्था नरहेको पनि जवाफ दिनुभएको छ । उहाँले भोलि हुने केन्द्रीय समिति र संसदीय दलको बैठकबाट यो विषयमा निर्णय लिने सम्भावना रहेको पनि बताउनुभएको छ।

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • सुरेश राइ

    May 1, 2023, 6:30 a.m.

    रास्वोपा ले देस र बिकासको लागि नया नीति र सम्भावना सअगै देस र जन्ताको हितमा काम गर्ने लक्ष्य लियर हिडेका बिकास को योद्दालाइ रोक्ने हैन बरु हातमा हात र काध्मा काध थपेर देस बिकासमा सहयोग गरि गरिबी निवारन र बेरोजगारी लाई केन्दृत गर्दै दक्ष जन युबा लाई देसमै रोजगार को अबसर मिलाइ भोलिको भबिस्य सृजना गरिनु पर्छ

  •  0 Reply

तपाईको प्रतिक्रिया